Home / हाम्रो बारेमा

हाम्रो बारेमा

ecdnepal.com नेपालमा प्रारम्भिक बालविकास (Early Childhood Development) सम्बन्धी ज्ञान, अनुसन्धान, समाचार, नीति संवाद र अभिभावक शिक्षालाई प्रवर्द्धन गर्ने एक स्वतन्त्र डिजिटल प्लेटफर्म हो। गर्भाधानदेखि ८ वर्षसम्मको बाल विकासलाई जीवनको सबैभन्दा महत्वपूर्ण चरणका रूपमा स्वीकार गर्दै, ECD Nepal ले बालबालिकाको समग्र विकास, सकारात्मक अभिभावकत्व, गुणस्तरीय प्रारम्भिक शिक्षा तथा प्रमाणमा आधारित नीति र अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य राख्दछ। यो प्लेटफर्मले विज्ञ, अनुसन्धानकर्ता, शिक्षक, अभिभावक, नीति निर्माता तथा विकास साझेदारहरूबीच ज्ञान र अनुभव आदानप्रदानको साझा थलोका रूपमा कार्य गर्दछ।