Home / समाचार / ECD Nepal डटकम औपचारिक रूपमा सार्वजनिक

ECD Nepal डटकम औपचारिक रूपमा सार्वजनिक

ललितपुर, जेठ १९ – काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन (KUSOED) अन्तर्गत आयोजित Early Childhood Development Seminar 2026 को अवसरमा प्रारम्भिक बालविकाससम्बन्धी विशेष डिजिटल समाचार तथा सूचना मञ्च ECD Nepal (ecdnepal.com) को औपचारिक जानकारी सार्वजनिक गरिएको छ।

सेमिनारमा सहभागीहरूलाई सम्बोधन गर्दै ECD Nepal डटकमका संस्थापक अनन्त घिमिरे ले नेपालमा प्रारम्भिक बालविकास तथा शिक्षासम्बन्धी समाचार, अनुसन्धान, नीति, अभ्यास, नवप्रयोग तथा सरोकारका विषयहरूलाई एकीकृत रूपमा प्रवाह गर्ने उद्देश्यले उक्त डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइएको जानकारी गराउनुभयो।

उहाँले ECD Nepal लाई प्रारम्भिक बालविकास क्षेत्रमा कार्यरत शिक्षक, अनुसन्धानकर्ता, विकास साझेदार, सरकारी निकाय, गैरसरकारी संस्था तथा अभिभावकहरूबीच ज्ञान र अनुभव आदान–प्रदान गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रममा उहाँले सेमिनारमा उपस्थित विज्ञ, शोधकर्ता तथा सरोकारवालाहरूलाई आफ्ना संस्था तथा कार्यक्रमसँग सम्बन्धित सूचना, समाचार, अनुसन्धान, विचार, लेख–रचना तथा सफल अभ्यासहरू ECD Nepal मार्फत सार्वजनिक गर्न आग्रह गर्नुभयो। यसले प्रारम्भिक बालविकास क्षेत्रका असल अभ्यासहरूलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न तथा क्षेत्रगत बहसलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालमा प्रारम्भिक बालविकाससम्बन्धी विषयवस्तुमा केन्द्रित डिजिटल प्लेटफर्मको आवश्यकता बढिरहेका बेला ECD Nepal को सुरुवातले यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाहरूलाई सूचना, अनुसन्धान र अनुभव आदान–प्रदानको नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *