Home / प्रारम्भिक बालविकास / प्रारम्भिक शिक्षकहरूका लागि ६ दिने ‘द लर्निङ कम्पास’ तालिम संचालन गरिने

प्रारम्भिक शिक्षकहरूका लागि ६ दिने ‘द लर्निङ कम्पास’ तालिम संचालन गरिने

काठमाडौँ — नेपाल सरकारको कक्षा ५ सम्म परीक्षा रहित मूल्यांकन गर्ने नीति अनुरूप विद्यालयहरूमा यसको व्यावहारिक कार्यान्वयनलाई लिएर व्यापक अन्योलता छाइरहेका बेला ‘ताली एजुकेसन एण्ड रिसर्च’ (TAALI Education and Research) ले एक विशेष प्रशिक्षण कार्यक्रमको घोषणा गरेको छ ।

आगामी जुलाई ११ देखि सुरु हुने ६ दिने सघन तालिमलाई “The Learning Compass: Navigating Early Years Through ELDS” नाम दिइएको छ । यो तालिम मुख्य गरी प्रारम्भिक कक्षा (Early Grades) मा कार्यरत शिक्षक, सहजकर्ता, विद्यालय, शैक्षिक नेतृत्वकर्ता, प्रधानाध्यापक तथा विद्यालय सञ्चालकहरूलाई लक्षित गरेर सञ्चालन गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

परम्परागत परीक्षा, पाठ्यपुस्तक र घोकन्ते विद्या (Basket Model) भन्दा माथि उठेर बालबालिकाको सर्वाङ्गीण विकासको जग बसाल्न र ‘प्रारम्भिक सिकाई तथा विकास मापदण्ड’ (ELDS – Early Learning and Development Standards) का बारेमा व्यावहारिक ज्ञान प्रदान गर्नु यस तालिमको मुख्य उद्देश्य रहेको छ ।

तालिममा मुख्यतया निम्न विषयवस्तुहरूमा केन्द्रित रहेर प्रशिक्षण दिइनेछ:

  • पोर्टफोलियो व्यवस्थापन (Portfolio Management): बालबालिकाको प्रगतिको वैज्ञानिक अभिलेखीकरण गर्ने विधि।
  • अवलोकन र दस्तावेजकरण (Child Observation and Documentation): हरेक बालबालिकाको सिकाई गतिविधिलाई नजिकबाट नियाल्ने तरिका।
  • ELDS मा आधारित रचनात्मक मूल्यांकन (ELDS-based Formative Assessment): परीक्षा विना सिकाईको वास्तविक मापन।
  • रुब्रिक्स र ग्रेडिङ (Rubrics and Grading): निष्पक्ष र व्यावहारिक मूल्यांकनका आधारहरू।
  • सिकाईलाई प्रष्ट र देखिने गरि प्रभावकारी बनाउने (Making Learning Visible / Report Card): बालबालिकाको नतिजा र क्षमतालाई सृजनात्मक रूपमा प्रस्तुत गर्ने तरिका।

सरकारले कक्षा ५ सम्म परीक्षा विना नै निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली लागू गर्ने नीति लिए पनि धेरै विद्यालय सञ्चालक तथा शिक्षकहरूमा “परीक्षा नलिई कसरी मूल्यांकन गर्ने र नतिजा कसरी तयार पार्ने?” भन्ने विषयमा ठूलो द्विविधा रहँदै आएको छ । यसै अन्योलताका बीच हुन लागेको यो तालिमले विद्यालयहरूलाई स्पष्ट मार्गचित्र प्रदान गर्ने र निकै प्रभावकारी साबित हुने ताली एजुकेसनका पदाधिकारीहरूले उच्च अपेक्षा लिएका छन् ।

यस तालिमको अर्को बलियो पक्ष भनेको यसमा अध्यापन गराउने प्रशिक्षकहरू हुनुहुन्छ । तालिममा ELDS का प्रमाणित (Certified) प्रशिक्षकहरू, रती शर्मा, अनिता काफ्ले, र रुक्मणी तिमिल्सिना ले प्रशिक्षण प्रदान गर्नुहुनेछ भने डा. मीनाक्षी दाहालले सहजीकरण गर्नुहुनेछ ।

Empowered Educators. Inspired Children. Strong Communities” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस तालिममा सहभागी संख्या सीमित (Limited Seats) भएकाले यथासिघ्र आयोजकसँग सम्पर्क गर्न र आफ्नो सिट समयमै सुरक्षित गर्न इच्छुक शैक्षिक व्यक्तित्वहरूलाई दर्ता प्रक्रिया पूरा गर्न आह्वान गरेको छ।

Ecdnepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *