Home / समाचार / काठमाडौँ विश्वविद्यालयमा एकवर्षीय प्रारम्भिक बालविकास (ECD) विषयको स्नातकोत्तर कार्यक्रममा भर्ना खुला

काठमाडौँ विश्वविद्यालयमा एकवर्षीय प्रारम्भिक बालविकास (ECD) विषयको स्नातकोत्तर कार्यक्रममा भर्ना खुला

ललितपुर, जेठ ७ — काठमाडौँ विश्वविद्यालय (KU) स्कूल अफ एजुकेसन अन्तर्गतको समावेशी शिक्षा, प्रारम्भिक बालविकास (ECD) तथा व्यावसायिक अध्ययन विभागले शैक्षिक वर्ष २०२६ का लागि मास्टर अफ एजुकेसन इन अर्ली चाइल्डहुड डेभलपमेन्ट (१ वर्षे) कार्यक्रममा भर्ना खुला गरेको छ।

विश्वविद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक विद्यार्थीहरूले आगामी असार ११ गते (June 25, 2026) सम्म आवेदन फाराम बुझाउन सक्नेछन्। कार्यक्रममा आवेदन दिनका लागि कुनै पनि विषयमा स्नातकोत्तर तह (Master’s Degree) उत्तीर्ण गरी न्यूनतम ४५ प्रतिशत अंक वा दोस्रो श्रेणी, अथवा ४.० मा २.५ CGPA प्राप्त गरेको हुनुपर्नेछ। निर्धारित योग्यता भन्दा कम अंक भएका आवेदकहरूले भने एक वर्षको कार्यअनुभवसहित अतिरिक्त ३-क्रेडिटको पाठ्यक्रम पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।

विश्वविद्यालयका अनुसार भर्नाका लागि लिखित प्रवेश परीक्षा असार ११ देखि १६ गते सम्म सञ्चालन हुनेछ भने अन्तर्वार्ता साउन १७ देखि २३ गते सम्म हुने जनाइएको छ। प्रवेश परीक्षाको नतिजा साउन २४ गते प्रकाशित गरिनेछ।

भर्ना प्रक्रियाअन्तर्गत छनोट सूची तथा प्रतीक्षा सूचीसहितको अन्तिम भर्ना अवधि साउन २५ देखि भदौ १० गते सम्म रहनेछ। यसैगरी, नयाँ विद्यार्थीहरूका लागि सञ्चालन गरिने विशेष इनरिचमेन्ट सेसन भदौ ११ देखि २० गते सम्म चल्नेछ भने स्वागत कार्यक्रम भदौ २१ गते आयोजना गरिनेछ। नयाँ शैक्षिक सत्रको नियमित कक्षा सञ्चालन (सेमेस्टर सुरुवात) भने भदौ २३ गते (August 7, 2026) बाट हुने विश्वविद्यालयले जनाएको छ।

कार्यक्रमसम्बन्धी थप जानकारी तथा सोधपुछका लागि विभागले डा. रूपा मुनाकर्मीलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ। इच्छुक विद्यार्थीहरूले विश्वविद्यालयको आधिकारिक वेबसाइटमार्फत वा उपलब्ध क्यूआर कोड स्क्यान गरी अनलाइन आवेदन दिन सक्नेछन्।

सम्पर्क विवरण:

  • सम्पर्क व्यक्ति: डा. रूपा मुनाकर्मी

  • इमेल: rupa.munakarmi@kusoed.edu.np

  • फोन: ९८५१०२४५१२

  • स्थान: काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसन, हात्तीबन, ललितपुर

काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसनले प्रारम्भिक बालविकास र बालशिक्षाको क्षेत्रमा उच्चस्तरीय एवं दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ यो विशेष एकवर्षीय कार्यक्रम सञ्चालन गर्दै आएको छ।

-अनन्त घिमिरे, ecdnepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *