KOKOZUZU प्रारम्भिक बालविकास, सकारात्मक अभिभावकत्व तथा बालमैत्री शिक्षासम्बन्धी विषयवस्तुमा केन्द्रित सिनेमा निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको युट्युब च्यानल हो। यस च्यानलमार्फत कृत्रिम बुद्धिमत्ता (AI) आधारित फिल्म निर्माण प्रविधिको प्रयोग गरी बालबालिका, अभिभावक तथा शिक्षकहरूलाई लक्षित गर्दै सन्देशमूलक तथा मनोरञ्जनात्मक सामग्री उत्पादन गरिन्छ।
च्यानलको पहिलो प्रस्तुति सार्वजनिक भइसकेको छ भने दोस्रो प्रस्तुति “The Invisible Girl” नामक एनिमेटेड कार्टुन चलचित्र प्रदर्शनको तयारीमा रहेको निर्माण पक्षले जनाएको छ। उक्त चलचित्र असंलग्न (Uninvolved) अभिभावकत्व शैली र त्यसले साना बालबालिकाको भावनात्मक, सामाजिक तथा मनोवैज्ञानिक विकासमा पार्ने प्रत्यक्ष तथा परोक्ष प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको छ। चलचित्रले बालबालिकाले परिवारभित्र खोज्ने समय, साथ, सुन्ने र बुझ्ने संस्कृतिको महत्वलाई मार्मिक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ।
यस परियोजनाको सम्पूर्ण प्राविधिक तथा सिर्जनात्मक निर्माण कार्य AI Filmmaker Ananta Kashyap Ghimire र Binaya Adhikary ले गरिरहेका छन्। आधुनिक AI प्रविधि, एनिमेसन, कथावाचन तथा चलचित्रकला संयोजनमार्फत बालविकास र अभिभावकत्वका जटिल विषयलाई सरल, प्रभावकारी र भावनात्मक रूपमा प्रस्तुत गर्ने KOKOZUZU को उद्देश्य रहेको छ। https://www.youtube.com/@kokozuzu-tales मार्फत यो च्यानललाई subscribe गर्न सकिन्छ ।



